घुस लिएको अभियोगमा सई पक्राउ

डिसी नेपाल
१६ कार्तिक २०७७ १९:१९
60
Shares

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले यहाँबाट आज प्रहरी नायब निरीक्षक सिकिन्दर कामेतलाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

बरादम मोटरसाइकल छाड्नका लागि रु ५० हजार लिएको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा कार्यरत प्रनानि कामेतलाई पक्राउ गरिएको हो ।

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

‘स्टिंग अपरशेन’ भइरहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले आयोगको इटहरी कार्यालयले स्टिंग अपरेशनको सहजिकरणका लागि सहयोग माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली भन्सार कार्यालय पठाइएको बताए ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *