आइपिएलः चेन्नइले पंजाबलाई आउट गरिदियो

डिसी नेपाल
१६ कार्तिक २०७७ १९:३०
392
Shares

काठमाडौं। यस सिजनको इण्डियन प्रिमियर लिगबाट किंग्स ११ पंजाब पनि बाहिरिएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा चेन्नइ सुपरकिंग्ससँग पराजित भएसँगै पंजाब यो सिजनबाट बाहिरिएको हो । आजको खेलमा चेन्नइले पंजाबलाई ९ विकेटले पराजित गरेको हो ।

आजको खेलमा पंजाबले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै चेन्नइले १ विकेटको क्षतिमा ७ बल बाँकी छँदै लक्ष्य हासिल गरेको हो । अहिलेसम्म मुम्बइ इण्डियन्स मात्रै प्लेअफ पुगेको छ । बाँकी ३ स्थानको लागि ५ टिमको प्रतिस्पर्धा छ । आजै राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्सको खेल हुँदैछ । त्यो खेल हार्ने टिम पनि प्रतियोगिताबाट बाहिरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.