म्यानचेस्टर आफ्नै मैदानमा पराजित
काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत आईतवार आर्सनल र म्यानचेस्टर युनाईटेड बीच भएको खेलमा म्यानचेसटर १–० ले पराजित भएको छ । ईङलिश प्रिमियर लिगमा म्यानचेस्टर १४ बर्षपछि आर्सनलसँग आफ्नै मैदानमा पराजित भएको हो । आईतवार राती भएको खेलको दोस्रो हाफमा पाएको पेनाल्टीमा पिएर–एमरिकको गोल नै निर्णायक बन्यो । जितसँगै सात खेलबाट १२ अंक जोडेको आर्सनल अंक तालिकाको नवौँ स्थानमा पुगेको छ । छौं खेलमा सात अंक रहेको म्यानचेस्टर अंक तालिकामा १५ औं स्थानमा रहेको छ ।
आईतवार भएको अन्य खेलमा साउथह्याम्पटनले एस्टन भिल्लालाई ४–३, न्यू क्यासटलले ईभरटोनलाई २–१, टोटानह्यामले ब्राईटवोनलाई २–१ ले पराजित गरेको छ । लिगको अंक तालिकामा लिभरपुल १६ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment