कोरोना जितेपछि खेलमा रोनाल्डोको उत्कृष्ट आगमन, पहिलो खेलमै गरे दुई गोल

डिसी नेपाल
१७ कार्तिक २०७७ १४:४०
128
Shares

काठमाडौं । कोरोना संक्रमित भएर १९ दिन सेल्फ आइसोलेशनमा रहेका रोनाल्डाले संक्रमण मुक्त भएपछिको पहिलो खेलमा उत्कृष्ट पुनरागमन गरेका छन । आईतवार सिरी ए अन्तर्गत स्पेजिया विरुद्वको खेलमा रोनाल्डोले युभेन्ट्सका लागी २ गोल गरेका छन । उक्त खेलमा युभेन्ट्सले स्पेजियालाई उसकै घरेलु मैदानमा ४–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा युभेन्ट्सका लागी अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे । घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्स ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । सिरी ए अन्तर्गत आईतवार भएको अन्य खेलहरुमा एसी मिलानले युडिनेसलाई २–१, लाजीयोले टोरिनोलाई ४–३, सासउ्लोअले नेपोलीलाई २–० र रोमाले फिओरेन्टीनालाई २–० गोल अन्तरले पराजित गरेको छ । युडिनेसलाई २–१ ले पराजित गरेको एसी मिलान १६ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.