सबैतिर ढकमक्क फुले सयपत्री
गाईघाट । यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन्। विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन्।
जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाट सहित राजाबास बोक्से, श्रीपुर,बगाहा,जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार,कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइएको छ।
त्रियुगा ९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रमा बर्षा भएको कारण सयपत्री फूल फुलेको र तिहारमा फूलको कमी नहुने बताइन्। चौदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरु प्रशस्त मात्रमा फुलेको बताउनु हुन्छ। उनले भनिन्,“यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका बर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन।”रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment