उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको मनोनयन दर्ता

डिसी नेपाल
१७ कार्तिक २०७७ १६:०८
72
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एनफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले मनोनयन दर्ता गरेका छन्। सोमबार उनले महासंघ सचिवालयमा प्यानलसहित मनोनयन दर्ता गराएका हुन्।

प्रधानको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योतिले मनोनयन दर्ता गराएका छन्।

यसअघि वरिष्ठ उपाध्यक्षका अर्का उमेदवार चन्द्र ढकालले पनि प्यानलसहित नै मनोनयन गर्दा गरिसकेका छन्।

उम्मेदवारी दर्ताअघि राजधानीमा औपचारिक कार्यक्रम गरी प्रधानले आफ्नो प्यानल घोषणा गरेका थिए। कार्यक्रममा उनले आफ्नो टिम सक्षम र समावेशी भएको दावी गर्दै सवै व्यवसायीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।

महासंघको निर्वाचनसहितको ५४ औं वार्षिक साधारणस मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ।

गत चैत्रमा तोकिएको साधारणसभा कोभिड–१९ का कारण स्थगित भएको थियो।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने ब्यवस्था छ। सोहि व्यवस्था अनुसार वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा भने प्रधान र ढकालको प्रतिस्पर्धा हुने भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *