१७ जुवाडेबाट ११ लाख बरामद

डिसी नेपाल
१७ कार्तिक २०७७ २०:५४
64
Shares

काठमाडौं। ललितपुरको चागाथलीबाट १७ जना जुवाडेहरु पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीबाट १७ जुवाडे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

एसएसपी राईका अनुसार उनीहरुको साथबाट साढे ११ लाख रुपैयाँ समेत बरामद भएको छ । पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ४९ वर्षीय सुरेश पौडेल, ३६ वर्षीय विकास श्रेष्ठ, ४३ वर्षीय पूर्णकृष्ण श्रेष्ठ, ४३ वर्षीय केशव बस्नेत, ४३ वर्षीय पवन खत्री, ५४ वषीय श्याम कायस्थ, ५७ वर्षीय मधुसुदन महत छन् ।

यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५४ वर्षीय भुवन राना, बेलबहादुर बुढाथोकी, ४६ वर्षीय शिबबहादुर बुढाथोकी, ४३ वर्षीय सन्तोष रानामगर, ४३ वर्षीय दीप श्रेष्ठ, ५४ वर्षीय शंकर बस्नेत, ४५ वर्षीय भरत थापा, ४० वर्षीय राजाराम बस्नेत, ५० वर्षीय राजन महर्जन र काठमाडौं–३२ का ४९ वर्षीय गोकुल खड्का पनि पक्राउ परेका छन् । चागाथलीमा रहेको शंखर बस्नेतको घरमा उनीहरु जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *