नेपाली महिलाको शव भारतीय जङ्गलमा
सांकेतीक तस्वीर
महेन्द्रनगर। कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ। मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन्।
“महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, “ शवसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ की महिला हुन्।” शव भारतको पलियामा राखिएको र सो बारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment