शेन वाटसनद्वारा क्रिकेटको सबै फरम्याबाट सन्यास लिने घोषणा
काठमाडौं । अष्ट्रेलीयाका ३९ बर्षीय क्रिकेटर तथा अलराउन्डर शेन वाटसनले क्रिकेटका सबै फरम्याटबाट सन्यास लिने घोषणा गरेका छन । आईपीएलमा चेन्नई सुपर किंग्सका लागी खेलेका वाटसनले सोमवार ट्वीट गर्दै सो कुराको जानकारी गराएका हुन । सन २०१८ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिई सकेका वाटसनले अब फ्रेन्चाईजी क्रिकेटबाट पनि टाढा हुने मनसाय बनाएका छन ।
२०१८ को लिलामीमा चेन्नई सुपर किंग्ससँग जोडिनु अघि वाटसनले राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर बेङलोरबाट पनि आईपीएल खेलेका थिए । २०१८ मा वाटसनकै सतकको मद्दतले चेन्नईले आईपीएलको उपाधि उचालेको थियो । वाटसनले अष्ट्रेलीयाका लागि ५८ टेस्ट, १९० एकदिवसीय र ५८ टि–२० अन्तराष्ट्रिय खेलेका छन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment