फाफ डु प्लेसिसले पाकिस्तान सुपर लिगमा डेब्यु गर्ने

डिसी नेपाल
१८ कार्तिक २०७७ २२:२२
52
Shares

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसले पाकिस्तान सुपर लिग (पिएसएल)मा डेब्यु गर्ने भएका छन । नोभेम्बर १४ बाट हुने प्रतियोगितामा उनले पेशावर जाल्मीबाट प्लेअफका खेलहरु खेल्ने छन । डु प्लेसिसले पछिल्लो पटक २०१७ मा आईसीसी विश्व–११ को कप्तानको रुपमा पाकिस्तान भ्रमण गरेका थिए । उनले पेशावरमा वेस्टईन्डिजका खेलाडी किरोन पोलार्डको स्थानमा खेल्ने भएका हुन । आईपीएल पछि पोलार्ड वेस्टईन्डिज क्रिकेट टोलीसँगै न्युजिल्यान्ड भ्रमणमा जानेछन त्यसकारण प्लेसिसले उनको स्थान लिदैछन ।

पिएसएल हरेक बर्ष जनवरी–फेब्रुवरीमा हुने गर्छ । तर यसपटक पाकिस्तानमा भएको पिएसएल कोरोना महामारीका कारण पुरा हुन सकेन र प्रतियोगिताका खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएको थियो । प्रतियोगिताको प्लेअफका खेलहरु अब १४ नोभेम्बरबाट सुरु हुनेछ । डु प्लेसिससँगै प्रतियोगितामा अन्य २० खेलाडीहरुले पनि खेल्ने पुष्टि भएको छ । प्रतियोगितामा ईङल्यान्डका ६ क्रिकेटहरु पनि खेल्ने भएका छन । नोभेम्बर १४ मा प्रतियोगिताको पहिलो क्वालीफायर खेल र एलिमिनेटर खेल खेलिने छ । नोभेम्बर १५ मा दोस्रो क्वालीफायर र १७ मा फाईनल खेल हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.