शीर्ष स्थानको मुम्बईलाई हराउँदै हैदरावाद प्लेअफमा, कोलाकाता रनरेटका कारण बाहिरियो

डिसी नेपाल
१८ कार्तिक २०७७ २३:२७
352
Shares

काठमााडैं। लिग चरणका खेल सकिएसँगैं आईपीएलको जारी सिजनको प्लेअफमा पुग्ने सबै चार टिमको टुंगो लागेको छ। मंगलबार शारजहाँमा मुम्बई इण्डिन्सलाई १० विकेटले पराजित गर्दै सन राइजर्स हैदरावाद तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको छ।

मुम्बईले पहिला ब्याटिं गर्दै ८ विकेटमा १४९ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको हैदरवादका लागि डेबिड वार्नर र ऋद्धिमन शाहले नटआउट अर्धशतक बनाउँदै टिमलाई प्लेफमा पुर्याए। हैदरावादको जितपछि १४ अंक भएको छ। १४ अंक् नै रहेको कोलकाता नाइट राइडर्स रन रेट कमजोर भएका कारण प्लेअफ पुग्न सकेन। उता आरसीबी भने कोलकाताभन्दा राम्रो रन रेट भएकाले १४ अंकसहित प्लेअफमा पुगेको छ।

जारी आईपीएलमा मुम्बई १८ अंकसहित शीर्ष स्थानमा रह्यो भने, दिल्ली क्यापिटल्स १६ अंकसहित दोस्रो र १४ अंकसहित हैदरावाद तेस्रो तथा १४ अंक रहेको आरसीबी चौथो भए।

अब तेस्रो चौथोबीच हुने नकआउटको विजेताले फाइनमा पुग्न पहिलो र दोस्रोबीचको पराजित टिमसँग खेल्ने छ। पहिलो र दोस्रोबीचको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित टिमले फाइनल पुग्न एक खेल खेल्ने मौका पाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.