टि–२० विश्वकपमा अहम भुमिका निर्वाह गरेका गरेका वेस्टईन्डिजका खेलाडीद्वारा सन्यासको घोषणा

डिसी नेपाल
१९ कार्तिक २०७७ १६:५६
180
Shares

काठमाडौं । वेस्टईन्डिजका बिस्फोटक ब्याटसम्यान मार्लन स्यामुअल्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन । उनले टि–२० विश्वकपको फाईनलमा टोलीको लागि उत्कृष्ट पारी खेलेका थिए । उनी माथि भ्रष्टाचारको आरोप पनि लागेको थियो जसकारण उनलाई २ बर्ष क्रिकेटमा प्रतिबन्ध लगाईएको थियो । आफ्नो क्रिकेट करियरमा ११ हजार भन्दा बढी रन बनाएका स्यामुअल्सले १५० भन्दा बढी विकेट पनि लिएका छन ।

ईएसपीन क्रिकईन्फोका अनुसार वेस्टईन्डिजका कार्यकारी प्रमुखले यो कुराको पुष्टि गरेका छन । उनका अनुसार स्यामुअल्सले गत जुन महिनामै सन्यास लिने बताएका थिए । स्यामुअल्सले आफ्नो अन्तिम खेल २०१८ डिसेम्बरमा खेलेका थिए । उनले वेस्टईन्डिजका लागि अहिले सम्म दुई टि–२० जिताउन महत्वपूर्ण भुमिका खेलेका छन । दुबै विश्वकपमा उनी टोलीका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि बनेका थिए । आफ्नो अन्तराष्ट्रिय करियरमा ३९ बर्षीय स्यामुअल्सले ७१ टेस्ट, २ हजार १७ एकदिवसीय र ६७ टि–२० अन्तराष्ट्रिय खेलेका छन । उक्त क्रममा उनले ११ हजार भन्दा बढी रन बनाउदै १५० भन्दा बढी विकेट लिएका छन । सन २०१२ को टि–२० विश्वकप फाईनलमा उत्कृष्ट ब्याटिङ गर्ने क्रममा उनले ५६ बलमा ७८ रन बनाउदै पहिलो पटक वेस्टईन्डिजलाई टि–२० विश्वकपको उपाधि जिताएका थिए । त्यसको चार बर्षपछि उनी आईसीसी प्रतियोगिताको फाईनलमा दुई पटक म्यान अफ द म्याच पाउने पहिलो खेलाडी पनि बनेका थिए । सन २०१६ को टि–२० विश्वकप फाईनलमा यी खेलाडीले ६६ बलमा ८५ रनको पारी खेलेका थिए । स्यामुअल्सले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरको सुरुवात सन २००० मा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.