नेपाल ह्याण्डबल संघले कोभिड–१९ प्रभावित खेलाडीलाई नगदसहित राहत दिने

डिसी नेपाल
१९ कार्तिक २०७७ १७:०९
60
Shares

पोखरा । नेपाल ह्याण्डबल संघले कोभिड–१९ बाट प्रभावित खेलाडीहरुलाई नगदसहित राहत प्रदान गर्ने भएको छ । संघले कोभिड–१९ बाट प्रभावित खेलाडीहरुलाई नगदसहित राहत प्रदान गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबलका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा ह्याण्डबल खेल विकासका लागि लामो योगदान दिनेहरुलाई ह्याण्डबल संघले नगद सहितको राहत उपलव्ध गराउने निर्णय गरेको जानकारी दिएका छन । उनले भने–“यो समय निकै कठिन समय हो, धेरै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ह्याण्डबल खेलाडीहरु कोभिडका कारण समस्यामा हुनुहुन्छ त्यसैले हामीले सहयोग गर्ने निर्णय गरेका हौं ।”

संघले ह्याण्डबल संघमा रहेर लामो योगदान पुर्याउने पूर्व अन्तर्राष्ट्रिय खेलाडी धनुषा निवासी पवनलाल कर्ण, सशस्त्र प्रहरीवलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दिप कार्की, उदयपुर निवासी अन्तर्राष्ट्रिय खेलाडी मात्रिका राई, जुनियर अन्तर्राष्ट्रिय खेलाडी सुर्खेतका भुवन शाही, ह्याण्डबलका पूर्व खेलाडी सिरहाका रञ्जित सिंहलाई नगद सहयोग गर्ने संघका महासचिब सन्देश रेग्मीले बताए । संघले पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्णलाई नगद ५० हजार प्रदान गर्ने भएको छ । निजी विद्यालयमा कार्यरत कर्ण कोभिडका कारण जागिर समेत गुमेकोले उनको ह्याण्डबल प्रतीको योगदानको कदर कर्दै ५० हजार सहयोग गर्ने बैठकले निर्णय गरेको अध्यक्ष गुरुङले बताए । त्यसै गरि कोभिड १९ वाट संक्रमित भई निको भएका अन्तर्राष्ट्रिय खेलाडी कार्की, अन्तर्राष्ट्रिय खेलाडी राइ र जुनियर तर्फका अन्तर्राष्ट्रिय खेलाडी शाहीलाई नगद २०–२० हजार तथा सिरहाका पूर्व खेलाडी रञ्जित सिंहलाई नगद १५ हजार सहयोग गर्ने उनले बताए । संघले यस अघि ह्याण्डबलका राष्ट्रिय महिला तथा पुरुष खेलाडी र रेफ्रीहरु गरी १ सय ८० जनाको कोभिड–१९ विमा समेत गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.