नेकपा भित्रको लडाई अग्रगमन र पश्चगमनबीचको लडाईँ : बाबुराम
फाइल फाेटाे
काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको आन्तरिक विवादले देशको राजनीति नै प्रभावित बनिरहेको बेला जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाहिरबाट हेर्दा नेकपाको लडाईँ व्यक्तिबीचको जस्तो देखिए पनि त्यो लडाईँ अग्रगमन र पश्चगमनबीचको भएको टिप्पणी गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘यो तीतो सत्य भन्नैपर्छः नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो। यो अन्तर्यमा अग्रगमन र पश्चगमनबीचचको लडाईँ हो।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पश्चगमनकारी भएकोसमेत आरोप लगाएका छन्। उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भने अग्रगमनकारी भनेका छन्।
हामीलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा प्रम@kpsharmaoliलाई धन्यवाद दिंदै यो तीतो सत्य भन्नैपर्छ:-नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो।यो अन्तर्यमा अग्रगमन र पश्चगमन वीचको लडाइॅ हो!.२
— Baburam Bhattarai (@brb1954) November 4, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment