दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी
चितवन। चितवन जिल्ला अदालतमा दुई वर्ष माथिका ६६ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन्। अदालतमा दर्ता भएका मुद्दामध्ये दुई हजार ५९० मुद्दा फैसला हुन बाँकी रहेकामा दुई वर्ष माथिका सो सङ्ख्यामा मुद्दा फैसला हुन बाँकी रहेका छन्।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार ८४० मुद्दा दर्ता भएका थिए। आव २०८१÷८२ मा जिम्मेवारी सरी आएका एक हजार ८५९ वटा मुद्दासहित गत आवमा पाँच हजार ६९९ वटा मुद्दा रहेका थिए। सोमध्ये तीन हजार १०९ वटा फछ्र्यौट भएका थिए। अहिले दर्ता भई फैसला हुन बाँकी रहेका मुद्दामा १८ महिनादेखि दुई वर्षसम्मका २३६, १२ महिनादेखि १८ महिनासम्मका ४५६, छ महिनादेखि १२ महिनासम्मका ५९२ र छ महिनाभित्रका एक हजार २४० वटा मुद्दा रहेका छन्। समग्रमा जिल्ला अदालतबाट ५४ दशमलव ५५ प्रतिशत मुद्दाको फैसला भएको छ।
भदौ अन्तिम साता, असोज, कात्तिक र मङ्सिर महिना अदालतको कामकारबाही प्रभावित हुँदा गत वर्ष चितवन जिल्ला अदालतको मुद्दा फछ्र्यौटको अवस्था विगतका वर्षकोभन्दा कम भएको हो। पुराना मुद्दा फछ्र्यौटमा कमी मात्र नभई नयाँ मुद्दा दर्ता पनि कमी आएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए।
चितवन जिल्ला अदालतमा गत आव २०८२/८३ मा अनुमान गरेभन्दा कम मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता सङ्ख्या कम हुँदा अदालतको मुद्दा फछ्र्यौट दर पनि अघिल्लो वर्षकोभन्दा केही घटेको छ। ६५ प्रतिशत फछ्र्यौट लक्ष्य भएकामा जम्मा ५४.५५ प्रतिशत मात्र फछ्र्यौट भएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए। आव सुरू भएसँगै अदालतले चार हजार ८५२ थान मुद्दा दर्ता हुने अनुमान गरेको थियो। हरेक आवको सुरूआतमा अदालतले चालु आवको मुद्दा सङ्ख्या अनुमान गर्ने गर्दछ।
चितवन जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि पाँच हजार ८६९ जनालाई पक्राउ गर्न बाँकी रहेको छ। जसमध्ये पाँच हजार ७८४ नेपाली र विदेशी ८५ जनासँग कैद जरिवाना असुल गर्नुपर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment