सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाउँछौँः सञ्चारमन्त्री

डिसी नेपाल
१९ कार्तिक २०७७ २१:१६
20
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाललाई प्रभावकारी बनाउनका लागि आवश्यक ऐनकानूनको निर्माण गर्न आफू लागिपर्ने स्पष्ट गरे ।

गोरखापत्र संस्थानको अनुगमनका क्रममा मन्त्री गुरुङले बदलिँदो परिवेशअनुसार अघि बढाउनका लागि संस्थालाई सञ्चार केन्द्रका रुपमा स्थापित गराउने गरी कार्ययोजना बनाउन विभागीय प्रमुखहरुलाई आग्रह गरे । “सबैलाई सुखी र खुशी बनाउने उद्देश्यका साथ ११८ वर्षअघि स्थापना भएको गोरखापत्र संस्थानलाई ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्पअनुसार अघि बढाउन आवश्यक छ”, मन्त्री गुरुङले भने, “त्यसका लागि गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुले नयाँ सोचका साथ काम गर्नुपर्छ ।”

उनले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी सन्देश प्रवाह हुने गरी प्रकाशन तथा प्रसारणको काम गर्नका लागि विशेष ध्यान दिन पनि सरकारी सञ्चारमाध्यमको ध्यानाकर्षण गराए ।

सो अवसरमा सञ्चा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आर्थिक भार नहुने गरी कर्मचारीको व्यवस्थापनमा ध्यान दिन संस्थानका पदाधिकारीलाई सुझाव दिए । संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले निजी क्षेत्रको सञ्चारगृहसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा गोरखापत्र संस्थान पुगेको जानकारी गराएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *