मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बिहीवार ढाका प्रस्थान गर्दै

डिसी नेपाल
१९ कार्तिक २०७७ २१:४५
144
Shares

काठमाडौं । बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बिहीवार ढाका प्रस्थान गर्देछ । खेलका लागि २५ सदस्यीय टोली बंगलादेश जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बंगलादेश जाने टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले खेलाडीहरुलाई विदाइ गरेका थिए ।

नोभेम्बर १३ र १७ मा बंगलादेश राष्ट्रिय टोलीसँग नेपालले उसैको घरेलु मैदानमा दुई खेल खेल्नेछ। एन्फाले बंगलादेश भ्रमणका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइसकेको छ। मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेको र नेपाल आउन समस्या भएपछि महर्जनलाई जिम्मेवारी दिएको हो। नेपालले अघिल्लो वर्ष नोभेम्बरमा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेल खेलेको थियो। भुटानलाई न्युट्रल भेन्यु बनाएर नोभेम्बरमा अन्तिममा नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

बंगलादेश जाने २५ सदस्यीय टोली : अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.