आलिया भट्टकी आमा पनि सेक्शुअल ह्यारेसमेन्टको शिकार

डिसी नेपाल
७ कार्तिक २०७५ १३:१२

एजेन्सी । पछिल्लो समय (मी टु) #MeeToo अभियानले भारतमा तहल्का मच्याइरहेको छ। यस अभियान मार्फत कयौँ अभिनेत्रीहरुले आफूमाथि भएको सेक्शुअल ह्यारेसमेन्टका बारेमा खुलासा गर्न सुरु गरेका छन्।

यसै क्रममा आलिया भट्टकी आमा तथा अभिनेत्री सोनी राजदानले पनि आफूमाथि भएको सेक्शुअल ह्यारेसमेन्टका बारेमा खुलासा गरेकी छिन्। तर उनले अहिलेसम्म ती व्यक्तिको नाम भने उल्लेख गरेकी छैनिन्।

सोनीले एक चलचित्र छायांकनका क्रममा आफूमाथि बलात्कारको प्रयास भएको खुलासा गरेकी हुन्। उनले एक भारतीय न्यूज वेबसाइटलाई दिएको एक अन्तवार्तामा उक्त खुलासा गरेकी हुन्।

सोनीले आफू काम माग्ने क्रममा भने सेक्शुअल ह्यारेसमेन्टको शिकार हुन नपरेको पनि बताएकी छिन्। तर उनी काम गर्ने क्रममा भने सेक्शुअल ह्यारेसमेन्टको शिकार हुनु परेको थियो। उनले त्यो समयमा भएको घटना लाजका कारण अहिलेसम्म कसैलाई नभनेको बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *