मुम्बईसँग दिल्ली पराजित, तर फाइनल पुग्ने सम्भावना जीवितै
काठमाडौं। मुम्बई इण्डियन्स यूएईमा जारी आईपीएलको फाइलन पुगेको छ। दुबईस्थित क्रिकेट मैदान भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हा। मुम्बई ५७ रनले विजयी भएको हो।
२०१ रनको विजयी लक्ष्य पाएको दिल्लीले ८ विकेटमा १४३ रन बनायो। दिल्लीका मार्कस स्टोइनिसले सर्वाधिक ६५ रन बनाए भने अक्षर पटेलले ४२ रन बनाए।
विशाल लक्ष्य पछ्याएको दिल्लीले पहिलो तीन विकेट शून्य रनमा गुमाएको थियो। ट्रेन्ट बोल्टले पहिलो ओधरमा रन नदिएर २ विकेट लिए भने दोस्रो ओभरमा जसप्रित बुमराले एक विकेट लिए। त्यसपछि दबाबमा परेको दिल्लीका लागि स्टोइनिसले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।
हारपछि पनि दिल्लीको फाइनल पुग्ने सम्भावना भने जीवितै छ। दिल्लीले अब आरसीबी र सन राइजर्स हैदरावादबीचको खेलको विजेतासँग फाइनलका लागि खेल्ने छ।







डिसी नेपाल








Facebook Comment