आइपिएलको फाइनल पुग्दै गर्दा रोहित शर्माको नाममा लेखियो लाजमर्दो रेकर्ड
काठमाडौं। मुम्बइ इण्डियन्स इण्डियन प्रिमिर लिगको फाइनलमा पुगेको छ । दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बइ आइपिएलको फाइनल पुगेको हो । टिमले शानदार जीतसहित फाइनलको यात्रा तय गर्दा यो खेलमा कप्तान रोहित शर्माको नाममा भने लाजमर्दो रेकर्ड बनेको छ । यो खेलमा रोहित शुन्य रनमा आउट भएसँगै आइपिएलमा सबैभन्दा धेरै पटक शुन्य रनमा आउट हुने ब्याट्सम्यान बनेका छन् । यो खेलसहित रोहित कूल १३ पटक आइपिएलका खेलमा शुन्य रनमा आउट भएका छन् ।
रोहितको यो रेकर्ड एकल भने होइन । आइपिएलमा सबैभन्दा धेरै १३ पटक आउट हुने खेलाडी उनीसहित अरु २ जना छन् । यसअघि आइपिएलमा १३ औं पटक शुन्यमा आउट भएका हरभजन सिंह र पार्थिव पटेलको रेकर्डसँग रोहितले बराबरी गरेका हुन् । आइपिएल २०२० मा मुम्बइ इण्डियन्सले राम्रो प्रदर्शन गरिरहँदा कप्तान रोहित शर्माको खेल भने ठिक छैन । उनले जारी आइपिएलमा केवल २ अर्धशतक बनाएका छन् । चोटबाट ठिक भएपछि रोहितले हैदराबादविरुद्ध केवल ४ रन बनाए भने दिल्लीविरुद्ध शुन्यमा आउट भए ।







डिसी नेपाल








Facebook Comment