विश्वकै सबैभन्दा ठूला अय्याश टाट पल्टिने संघारमा, जसले मोजमस्तीका लागि केही बाँकी राखेनन्
काठमाडौं। संसारकै सबैभन्दा ठूला अय्याशको रुपमा परिचित इन्स्टाग्रामका राजा कहलिने अमेरिकी जुवाडे ड्यान बिल्जारियन टाट पल्टिने संघारमा पुगेका छन् । उनको व्यवसाय निकै ठूलो नोक्सानीसँग जुधिरहेको छ । उनको सम्पत्ति, मोजमस्ती र खर्चको चर्चा र यससम्बन्धी रोचक घटनाहरु विश्वभरी प्रख्यात छन् । फोर्ब्सको एक रिपोर्टअनुसार अहिले भने बिल्जारियन संकटमा छन् किनकि उनको कम्पनी इग्नाइट कोरोना महामारीका कारण निकै ठूलो घाटामा छ ।
यद्यपि बिल्जारियनले यो कम्पनीमा फेरि पनि ठूलो रकम लगानी गरेका छन् । विभिन्न मिडिया रिपोर्टमा उनको कम्पनीको घाटा र उनले पुनः कम्पनीमा गरेको लगानीको परिमाण फरक फरक दावी गरिएको छ । अर्कोतर्फ बिल्जारियन भने उनको कम्पनी टाट पल्टिने संघारमा भएको दावी गर्दै प्रकाशित मिडिया रिपोर्टप्रति आक्रोश पोख्छन् । उनले हालै एक ट्वीटमा आफ्नो कम्पनी टाट पल्टिन्छ भनेर पर्खिरहेका मिडिया हेरेको हेर्यै हुने बताएका थिए ।
बिल्जारियनको जीवनशैली निकै बिलासी छ । उनी इन्स्टाग्राममा निकै सक्रिय रहन्छन् । इन्स्टाग्राममा उनका ३२.६ मिलियन फलोअर छन् । बिल्जारियनजस्तो बिलासी जीवन बाँच्ने अर्को व्यक्ति विश्वमा शायदै होलान् । हरेक समय युवतहिरुले घेरिएर रहने बिल्जारियन विचित्रका सोखको लागि पनि परिचित छन् । कहिले उनी सर्थ र गोहीले घेरिएका देखिन्छन् भने कहिले चार्टर्ड विमानमा घुमिरहेका देखिन्छन् ।
रिपोर्टका अनुसार २०१९ को सुरुवातमा बिल्जारियनको सम्पत्ति १५० मिलियन डलर थियो । उनका कैयौं व्यवसाय छन् र उनी पोकरका दक्ष खेलाडी मानिन्छन् । विश्वभरका कैयौं ठूला पोकर इभेन्टमा बिल्जारियन पुगेका हुन्छन् । उनको धनको सबैभन्दा ठूलो भाग पोकरबाटै आउने बताइन्छ । एक रिपोर्टका अनुसार बिल्जारियनलाई ड्रग्सको लत पनि छ । उनले ३० वर्ष नपुग्दै ड्रग्सको अधिक मात्रा लिएर एक दिनमै पटक पटक हृदयाघात पनि भएको थियो ।
Facebook Comment