लंका प्रिमियर लिग तेस्रो पटक स्थगित
काठमाडौं । कोरोना भाइरसको बढ्दो खतराको कारण श्रीलंकाले शुक्रबार तेस्रो पटक लंका प्रिमियर लिग क्रिकेट प्रतियोगिता स्थगित गरेको छ । साथै पूर्वनिर्धारित अनुसार प्रतियोगिता हुने ३ स्थल मध्ये एक हटाएको छ । श्रीलंकाली क्रिकेट बोर्डद्वारा आयोजना हुने यो प्रतियोगितामा क्रिस गेल, फाफ डु प्लेसिस, शाहिद अफरीदी र कार्लोस ब्रेथवेट जस्ता स्टार खेलाडीहरुले सहभागिता जनाउने भएका छन । हाल प्रतियोगिता २७ नोभेम्बर सम्मको लागि स्थगित गरिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।
सुरुवाती तालिका अनुसार लिग १४ नोभेम्बरबाट सुरुहुने तय भएको थियो । तर कोभिड–१९ महामारीका कारण प्रतियोगिता २१ नोभेम्बर सम्म स्थगित गरियो र हाल आएर पुनः यसलाई २७ नोभेम्बर सम्मको लागि स्थगित गरिएको छ । श्रीलंकन प्रशासकहरुका अनुसार स्वास्थ्य अधिकारीले खेलाडीहरुलाई सात दिन क्वारेन्टाईनमा बस्ने अनुमति दिई सकेको छ । तर सर्पोट स्टाफ र अन्य खेल अधिकारीहरुलाई १४ दिनको सेल्फ आईसोलेसन अनिवार्य रहेको छ ।







डिसी नेपाल








Facebook Comment