प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको लागि खेलाडी छनौट हुने

डिसी नेपाल
२२ कार्तिक २०७७ १३:१६
2.1k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले छठ पर्वको लगत्तै प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण ठप्प रहेको क्रिकेट गतिबिधिहरुलाई पुनः पुरानै स्वरुपमा फर्काउन क्यानले क्रिकेट गतिबिधिहरु सुरु गर्ने भएको छ । क्यानले छठ पर्वको लगत्तै गर्ने योजना बनाएको प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताका लागि बिभिन्न जिल्लाहरुमा खेलाडी छनौट गर्नका लागि सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिएको छ । जिल्ला क्रिकेट सँघका अनुसार क्यानले यू–१६, यू–१९ र सिनियर गरी टिनवटै टोलीहरु बनाउन निर्देशन दिएको छ ।

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण पनि आगामी मङ्सिर दोस्रो सातादेखि शुरु गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् । हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यानले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.