गौतम गम्भीरले दिए विराट कोहलीलाई कप्तानीबाट हटाउन सल्लाह

डिसी नेपाल
२२ कार्तिक २०७७ १५:२०
2.2k
Shares

काठमाडौं । आईपीएल २०२० को एलिमिनेटर खेलमा पराजित भएपछि आरसीबी एकपटक फेरि अभागि साबित भएको छ। शुक्रवार भएको नकआउट खेलमा सनराइजर्स हैदराबादले बेङलोर टोलीलाई ६ विकेटले पराजित गरेको छ। यो सँगै विराट कोहलीको आईपीएल ट्रफी जित्ने सपना यो पटक पनि चकनाचुर भएको छ । विराट कोहलीलाई २०१३ मा आरसीबी टोलीको कमान सुम्पिएको थियो, तर आठ बर्ष बितिसक्दा उनले एक पटक पनि च्याम्पियन बन्ने मौका पाएनन्। यद्यपि टोलीले २०१६ मा आईपीएल फाइनल सम्मको यात्रा गर्‍यो, तर ट्रफी हातपार्न सकेन ।

पूर्व कप्तान गौतम गम्भीरले विराट कोहलीको कप्तानको रूपमा गरेको फ्लप प्रदर्शनमा प्रहार गरेका छन, गम्भीरले भने, कोहलीले अगाडि आएर यो नतिजाको जिम्मेवारी लिनुपर्छ । जब गम्भीरलाई सोधिएको थियो कि के आरसीबीले अब कोहली पछि अगाडि अन्य कप्तानको रूपमा सोच्नु पर्छ ? उनले भने, “सत प्रतिशत, किनकी समस्या उत्तरदायित्वको हो। आईपीएलमा ८ बर्ष (बिना ट्रफी) यो लामो समय हो। गम्भीरले भने, ” कुनै पनि अन्य कप्तान, कप्तानको बारेमा छोडनुस, ८ बर्ष भइसकेको र उपाधि न जितेका कुनै पनि टोलीको खेलाडीको नाम बताउनुहोस्। कप्तान उत्तरदायित्व हुनु पर्छ र कप्तानले जिम्मेवारी लिनु पर्छ। उनले भने, “कुरा एक बर्षको मात्र होईन। यो वर्षको बारेमा मात्र होइन। म विराट कोहलीको बिरूद्ध पनि होइन तर कतै न कतै उनले हात उठाउनु पर्छ र भन्नु पर्छ, हो म जिम्मेवार छु, म जवाफदेही हुँ, भनेर ।

गम्भीरले भने, “रविचन्द्रन अश्विनसँग के भयो। उनले किंग्ग इलेवन पञ्जाबका लागि राम्रो नतिजा ल्याउन सकेन र उनलाई हटाइयो। हामी एमएस धोनीको बारेमा कुरा गर्छौं, हामी रोहितको कुरा गर्छौं। तर हामी विराट कोहलीको बारेमा कुरा गर्छौं ? पक्कै छैन। धोनीले ३ पटक उपाधि जिताएका छन, रोहित शर्माले ४ पटक, उनीहरुले कप्तानको रूपमा धेरै समयसम्म काम गरे र आफुलाई सावित गरे । मलाई विश्वास छ यदि रोहितले ८ बर्ष सम्म यो प्रमाणित नगरेको भए उनी पनि हटाइने थिए। किनभने फरक व्यक्तिको लागि फरक कुराहरु हुनुहुन्न।

 

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.