भक्तपुरको गुण्डुमा फक्रिएको मखमली र सयपत्री (फोटोफिचर)

डिसी नेपाल
२३ कार्तिक २०७७ १३:४३

भक्तपुर। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकै आइपुगेको छ। विगतका वर्षमा जस्तो यो वर्ष तिहारको चहल पहल खासै छैन। यो वर्ष कोरोना संक्रमणका कारण मानिसहरुको चहल पहल कम भएको हो।

तिहारको खासै चहल पहल नभएपनि भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नंं ७ अवस्थित गुण्डुमा पुष्प खेती गर्ने किसानहरु सयपत्री र मखमली टिप्न व्यस्त देखिन्छन्।

गुण्डुका हरेक घर धुरी जो फूल खेती गर्दैछन्, उनीहरुको फूल खेतीमा हरेक सिजनमा अन्दाजी ५० हजार खर्च हुने र वार्षिक ६ देखि ७ लाखसम्म आम्दानी हुने गरेको छ।

यसअघिका वर्षहरुमा नेपाली बजारमा फूल भारतीय बजारबाट आयत गरिँदै आएको थियो। तर पछिल्ला वर्षहरुमा नेपाल फूलमा आत्मनिर्भर बन्ने बाटोमा छ। किसानहरुले व्यावसायिक फूल खेती गर्न थालेपछि नेपाल फूलमा आत्मनिर्भर बन्न थालेको हो। भक्तपुर स्थित गुण्डुका किसानले गरेको फूलखेतीलाई डिसी नेपाल सहकर्मी रमन मानन्धरले तस्वीरमा उतारको छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *