युरोपमा पर्यटन तथा गलैँचा र हस्तकला प्रवद्र्धन गर्न उद्योग परिसंघको आग्रह
काठमाडौँ । नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज लगानी विस्तार तथा आर्थिक कूटनीतिको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ ।
यहाँ आयोजित छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरलगायत वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नु पर्ने बताए ।
अध्यक्ष मोरले वैदेशिक लगानी भित्र्याउनका लागि प्रक्रियागत झण्झट र कानूनी अवरोधलाई सहज बनाउनका लागि परिसंघले पहल गरिरहेको जानकारी दिँदै सरकारबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए ।
उनले नेपाल र बेल्जियमबीच सुसम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाई नेपाली ऊनी गलैँचा र हस्तकलाका वस्तुको निर्यात व्यपारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
बेल्जियम र युरोपेली सङ्घमा आबद्ध राष्ट्रमा नेपालका धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्यस्थललाई उजागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामग्रीका माध्यमबाट नेपालमा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि पहल गर्न समेत अध्यक्ष मोरले सुझाव दिए ।
छलफलका क्रममा राजदूत राजभण्डारीले लगानी विस्तार र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सधैँ सहकार्य हुनुपर्ने बताउँदै वैदेशिक लगानी विस्तारमा आपूmले पहल गर्ने आश्वासन दिए ।
त्यसैगरी सम्भाव्यता बोकेका नेपाली उत्पादनको निर्यात प्रवद्र्धनलगायत नेपाल वायुसेवा निगमको उडानलाई सहज बनाउनका लागि पनि आपूmले सकेको पहल गर्ने उनले बताए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment