नेकपा अनुशान आयोगले भन्यो : विधि पद्धती नमानेर आत्म केन्द्रित किन ?
काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला सो पार्टीको अनुशासन आयोगले पार्टी शीर्ष नेताहरुलाई अनुशासन रहन सचेत गराएको छ। अनुशासन आयोगका संयोजक अमृतकुमार बोहोराले सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा शीर्ष नेताहरुबीच चलेको आरोप प्रत्यारोपले जनतामा निराशा उत्पन्न गराएको बताएका छन्।
उनले पार्टीमा यसअघि पनि ठूल्ठूला विवादहरु आन्तरिक संघर्षबाट समाधान गरिएको भन्दै पार्टी शीर्ष नेताहरुले पार्टीको विधि पद्धती मान्नुपर्ने बताएका छन्। उनले पार्टीले गरेका निर्णयहरु कार्यान्वयन हुनुपर्ने भन्दै आत्म केन्द्रि नहुन पनि सचेत गराएका छन्।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूह र अर्का अध्यक्ष पुृष्पकमल दाहाल प्रचण्ड समूहबीच विवाद चर्किरहेको छ। विवाद पार्टी विभाजनसम्म जान सक्ने नेताहरुले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। यस्तो गम्भीर अवस्थामा पार्टी पुगेपछि अनुशासन आयोगले नेताहरुलाई पार्टीको अनुशासनबारे सचेत गराएको हो।
अनुशासन आयोगका संयोजक बोहोरा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment