रेखा थापाको चलचित्र “मालिका”को पोष्टर सार्बजनिक

डिसी नेपाल
८ कार्तिक २०७५ ९:५४

काठमाडाैँ। नायिका रेखा थापा निर्देशित चलचित्र मालिकाको पोष्टर सार्बजनिक भएको छ। यही कार्तिक १६ गतेबाट देशभर पर्दशनमा आउने चलचित्र मालिकाको ट्रेलर आज सार्बजनिक भएको हो।

नारी विभेदलाई समेटी निर्माण गरिएको उक्त चलचित्रको पोष्टर हेर्ने हो भने पछिल्लो समय चर्चामा रहेको विषय निर्मला हत्याकाण्डलाई प्रष्ट देखाउन खोजेको पाईन्छ। पोष्टर हेर्दै चलचित्र बोल्ने देखिन्छ।

चलचित्रमा रेखा थापासँगै कर्नालिकी एक नारी कमलालाई मुख्य पात्रको रुपमा देखाउन खोजिएको छ। कार्यकारी निर्माता नर कार्की र मुख्य निर्माता सरस्वती थापा अर्थात रेखाकै आमाले निर्माण गरेको उक्त चलचित्र महिलावादी चलचित्र हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *