नौ वर्षीय कुणाल श्रेष्ठ जसले एउटा खुट्टा नहुँदा पनि फुटबल खेल्छन
काठमाडौं । ईम्फालका नौ बर्षीय कुणाल श्रेष्ठ कक्षा चारमा अध्यनरत छन । फुटबलका ठुला प्रशंसक कुणालले यो सावित गरेका छन कि दृढ संकल्प र आत्मविश्वास भएमा यो संसारमा सबैकुरा सम्भव छ । भारतको मनीपुर राज्यको ईम्फलमा एक मध्यम वर्गिय परिवारमा जन्मिदा उनको एउटा मात्र खुट्टा रहेको कुणालकी आमा बताउछिन । एउटा खुट्टा भएका कुणालले सबै कठिनाइहरू पार गर्न खेलमा पर्याप्त साहस र प्रेम हुनु आवश्यक छ भनी प्रमाणित गरेर देखाएका छन ।
खेलमा मात्र नभएर कुणालले घरमा आफ्नी आमालाई पपिक्सल र पानीपुरी बनाउन सहयोग गर्छन । उनकी आमाले उक्त ईलाकामा पानीपुरी बेचेर परिवार चलाईरहेकी छिन । “मेरो छोरा जन्मदा उसको एउटा खुट्टा थिएन, तरपनि मैले कहिल्यै उसलाई उसका साथीहरूबाट फरक हुन दिईन। उनले पनि कहिल्यै आफुलाई कजोर सावित गरेर देखाएनन्। उनले साइकल पनि आफै चलाउन सिके, मलाई मेरोछोरा माथि गर्व छ ।” कुणालकी आमा भन्छिन् ।
#WATCH: Kunal Shrestha, a Class 4 student from Imphal plays football with a single limb. #Manipur
“My son was born without a limb. I vowed to never let him feel different from his peers. He never exhibited low esteem. He learned to ride a bicycle on his own”, says Kunal’s mother pic.twitter.com/NTzyOWhX4e
— ANI (@ANI) November 10, 2020
Facebook Comment