सचिवालयका पाँच नेताको बैठक धुम्बाराहीमा जारी

डिसी नेपाल
२५ कार्तिक २०७७ १७:०४
124
Shares

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको प्रचण्ड–माधव समूहले पार्टी मुख्यालय धुम्बाराहीमा बैठक गरेको छ। पार्टी सचिवलायमा रहेका पाँच जना नेताबीच धुम्बाराहीमा यतिबेला बैठक चलिरहेको छ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठक जारी रहेको हो। यो समूह प्रधानमन्त्री ओली एकलौटी रुपमा अगाडि बढेको र पार्टी बैठक बोलाउन समेत नमानेको भन्दै ओलीसँग रुष्ट ।

केही दिन अघि पनि यी पाँच जना नेताको बैठक धुम्बाराहीमा बसेको थियो। सो बैठकलाई सचिवलायको अनौपचारिक बैठक भनिएको थियो। प्रधानमन्त्री तथा अध्यक्ष ओलीले त्यतिबेला एकलौटी बैठक गरेर पार्टी फुटको घोषणा हुने चेतावनी दिएका थिए।

मंगलबार धुम्बाराहीमा बैठक शुरु गर्नुअघि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन्। सो छलफलमा के भयो भन्ने विषयमा केही खुलाइएको छैन। धुम्बाराहीमा चलिरहेको बैठकमा प्रचण्डले सो विषयमा ब्रिफिङ गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *