उत्तर कोरियालीले राजदूतले भेटे सभामुख सापकोटालाई
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ्ग मनबीच शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा सभामुख सापकोटाले राजदूत मनलाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै बाँकी विश्वसामु उदाहरणीय कार्य गरेर देखाएकोमा खुसी व्यक्त गरे।
उनले नेपाल सम्पूर्ण रुपमा कोभिड–१९ विरुद्ध केन्द्रित रहेको चर्चा गर्दै यो महामारीपछि दुई देशका संसद, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरु पुनः क्रियाशील हुने र दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान हुने विश्वास व्यक्त गरे। नेपालमा बाढी पहिरो र कोभिड १९ का कारण परेको अप्ठेरोप्रति चिन्ता व्यक्त गरेकोमा सभामुख सापकोटाले राजदूत मनलाई धन्यवाद दिए।
राजदूत मनले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनै पनि नागरिक कोभिड–१९ बाट संक्रमित नभएको जानकारी दिंदै कोभिड–१९ कै कारण पार्टी स्थापनाको ७५ औं बर्षको कार्यक्रममा भने नेपाल लगायत अन्य मित्रराष्ट्रलाई निमन्त्रणा गर्न नसकिएको बताए।
राजदूत मनले नेपालमा कोभिड–१९ र बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यहाँको संसद र सरकारको प्रयासबाट नेपालले छिट्टै कोभिडमाथि जित हासिल गर्ने विश्वास व्यक्त गरे। उनले विश्वव्यापी महामारीका रुपमा रहेको कोभिडको अन्त्यपछि नेपाल र उत्तर कोरियाबीच संसदीय मैत्री समूहमार्फत् थप छलफल र भ्रमण आदानप्रदान हुने अपेक्षा गरिएको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment