विप्लव समूहको नामबाट ३ करोड माग्ने चार जना पक्राउ

डिसी नेपाल
२५ कार्तिक २०७७ २१:५२
60
Shares

काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नामबाट फोनबाट धम्क्याई आपराधिक लाभ लिन खोज्ने ४ जनालाई प्रहरी पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले जबरजस्ती चन्दा असुलीका लागि टेलिफोनबाट धम्क्याउने समूह मध्येका चार जनालाई पक्राउ गरेको जनाएको छ।

महाशाखाको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट ककनी २ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप, सुनापती ३ का ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे, तिमाल ५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन, भरतपुर १३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेको महाशाखाले जनाएको छ।

उनीहरूले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी नेकपा, विप्लव समूहको पूर्व जिल्लासेक्रेटरी र कार्यकर्ता हौं भनी ३ करोड चन्दा माग गरेका थिए। साथै उनीहरूले माग गरे बमोजिम चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्कीसमेत दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *