उत्खननमा संलग्न सात ट्याक्टर नियन्त्रणमा

डिसी नेपाल
२६ कार्तिक २०७७ २२:५३

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा अवैधरुपमा उत्खननमा संलग्न सात ट्याक्टरलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ को विनयी खोलामा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासबाट गएको टोलीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नम्बर प्लेट हाल्न बाँकी (अन टेस्ट) ट्याक्टर सहित सात ट्याक्टर मङ्गलबार मध्यरातमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी विशाल तामाङले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *