विश्वमा कोरोना : गत २४ घण्टामा ६ लाख थपिए, १० लाखको मृत्यु, संक्रमितको संख्या ५ करोड २४ लाख

डिसी नेपाल
२७ कार्तिक २०७७ ७:३६

काठमाडौं । गत २४ घण्टामा विश्वभरमा ६ लाख ९ हजार ८ सय ८१ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार १० हजार ७२ जनाले गत २४ घण्टामा कोरोनाकै काराण ज्यान समेत गुमाएका छन्। योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड २४ लाख १८ हजार २ सय पुगेको छ भने १२ लाख ८८ हजार ७ सय ७८ जनाले कोरोनाका कारण ज्यान समेत गुमाएका छन्।

गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ३९ हजार २ सय ५९ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्। योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ५ हजार ८१ रहेको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म २लाख ४७ हजार २ सय ९० जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र अमेरिकमा १ हजार बढीको कोरोनाका कारण मृत्यु भएको छ।

अमेरिकापछि भारतमा गत २४ घण्टामा ४८ हजार २ सय ८५ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ रहेको छ। भारतमा कोरोनाका कारण हालसम्म १ लाख २८ हजार १ सय ६४ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र भारतमा ५ हजार बढीको कोरोनाका कारण मृत्यु भएको छ।

यस्तै गत २४ घण्टामा ब्राजिलमा ४७ हजार ७ सय २४ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्। योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ५७ लाख ४९ हजार ७ रहेको छ। ब्राजिलमा कोरोनाका कारण हालसम्म १ लाख ६३ हजार ४ सय ६ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र भारतमा ५ हजार बढीको कोरोनाका कारण मृत्यु भएको छ।

गत २४ घण्टामा फ्रान्समा ३५ हजार ८सय ७९, इटालीमा २३ हजार ९ सय ६१, पोल्याण्डमा २५ हजार २ सय २१, यूकेमा २२ हजार ९ सय ५०, र जर्मनीमा २० हजार ५सय ३६ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्। यसैगरी, रसिया र स्पेनमा १९ हजार बढी, इरानमा ११ हजार बढी, अर्जेन्टिना र यूक्रेनमा १० हजार बढी, रोमानीयामा ९ हजार ७ सय ९९, स्वीजरल्याण्डमा ८ हजार बढी र अष्ट्रियामा ७ हजार ७ सय १४ कोरोनाका संक्रमितहरु थपिएका छन्।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *