धुम्रपान नियन्त्रण गर्न उत्तर कोरिया के गर्दैछ?

डिसी नेपाल
३० कार्तिक २०७७ ८:५३
220
Shares

बीबीसी। उत्तर कोरियामा धुम्रपान गर्नेको जनसंख्या किै ठूलो छ। कतिसम्म भने उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन पनि सार्वजनिक रुपमा हातमा चुरोट लिएर देखिने गर्छन्। यस्तो अवस्थामा उत्तर कोरिायन आफ्ना नागरिकलाई धुम्रपान गर्न निरुत्साहित गर्न कस्तो कार्यक्रम लिएर आउँदैछ?

उत्तर कोरियाले धुम्रपान विरुद्ध मुलुकमा कयौं अभियान संचालन गरिसकेको छ। विश्व स्थास्थ्य संगठनको तथ्यांक अनुसार उत्तर कोरियामा जनसंख्याको आधा पुरुष धुम्रपान गर्छन। उत्तर कोरियामा महिलाले धुम्रपान गर्नेसंख्या झण्डै छैन।

यही महिना पारित एक कानुनमार्फत सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध लगाएको छ। तर सरकारी संचारमाध्यममा सर्वोच्च नेता किम जोङ उनको हातमा चुरोट देखाइन्छ, जसले गलत उदाहारण पेश हुने गरेको छ।

यही महिना देशमा रोकधाम कानुन लागू गरिएको छ, जस अन्तर्गत जनताको स्वास्थ्य सुरक्षाका लागि कयौं नियम बनाइएको छ। यी निमय संस्थान र नागरिकले अनियार्व पालना गर्नुपर्ने हुन्छ। चुरोट उत्पादन र बिक्रीको नियमलाई पनि अझै कडा बनाइएको छ।

त्यस्तो ठाउँको पनि परिभाषा गरिएको छ, जहाँ चुरोट पिउनु गैरकानुनी हुन्छ। राजनीतिक तथा बैचारिक शिक्षाको स्थल, सिनेमा हल, शिक्षण संस्थान तथा सार्वजनिक यातायतमा चुरोप पिउन पाइँदैन।

उत्तर कोरियाले विश्व स्वास्थ्य संगठनको धुम्रमानमाथि नियन्त्रण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। उत्तर कोरियाले २००५ मा मुलुकमा धुम्रपान विरुद्ध अभियान संचालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *