नीतीश कुमारले बिहारको मुख्यमन्त्रीको शपथ लिए, महागठबन्धनले गर्‍यो बहिस्कार

डिसी नेपाल
१ मंसिर २०७७ १७:३१
276
Shares

नयाँ दिल्ली (एजेन्सी)। हालै सम्पन्न निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनले निवर्तमान मुख्यमन्त्री नीतीश कुमार गठबन्धनको नेता चयन भएसँगै भारतको बिहार राज्यको मुख्यमन्त्री बनेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले सोमबार बिहारको पटनास्थित राज्यपाल भवनमा सातौं पटक मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन्।

उनलाई राज्यपाल फागु चौहानले शपथ गराएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। नीतीशकुमारसँगै भाजपाबाट तारकेश्वर प्रसाद र रेणु देवीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन्। शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा सहभागी रहेको तर विपक्षी महागठबन्धनले बहिस्कार गरेको जनाइएको छ।

२४३ सिट रहेको बिहार विधानसभामा सत्तारुढ एनडीए गठबन्धनले १२५ सिट र विपक्षी महागठबन्धनले ११० सिटमा जित हात पारेका थिए। विपक्षीहरुले चुनाव आयोगले सत्तारुढ गठबन्धनलाई जिताएको आरोपसमेत लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.