किन यस्तो भेषमा आइन त चलचित्र ‘मालिका’मा रेखा र कमला ? कारण यस्तो छ

डिसी नेपाल
९ कार्तिक २०७५ ०:४०

काठमाडौं । नायिका रेखा थापाको चलचित्र ‘मालिका’ यहि कात्तिक १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ। चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले नयाँ पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक भएका पोष्टरमा चलचित्रकी मुख्य कलाकार रेखा र कमला वली फिचर्ड छन्।

उनीहरु एक्शन अवतारमा देखिएका छन्। रेखा आँफैले निर्देशन गरेको यो चलचित्रमा नारी विभेदलाई समेटीएको छ। नरबहादुर कार्कीको लगानी रहेको चलचित्रमा सरस्वती थापा र तारा थापासमेत निर्माता रहेका छन्।

चलचित्रमा कर्णालीकी कमला वलीले थापालाई साथ दिएकी छिन् भने थापाले कमलालाई आफ्नो चलचित्रको हिरोको रुपमा प्रस्तुत गराएकी छन्। रेखा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, शिवम अधिकारीको पटकथा रहेको छ भने चलचित्रको कथा तथा कन्सेप्ट रेखा थापा र नर बहादुर कार्कीको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *