उपत्यकामा थपिए ५०१ संक्रमित, देशभर ३३३७९ सक्रिय संक्रमित (तथ्यांकसहित)

डिसी नेपाल
१ मंसिर २०७७ १८:३६
56
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला २१२ र पुरुष २८९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २९ सय ३४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २३० पुगेको छ।

यस्तै हालसम्म १ हजार १३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ तथ्यांकः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.