गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

डिसी नेपाल
९ कार्तिक २०७५ ५:०९

काठमाडौं । गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ।

बोलको गीतले मायामा धोका पाएको एउटा प्रेमीको पीडालाई व्यक्त गरेको छ। थोरै गीत मात्र गीत बनाउने तर स्तरीय बनाउने सोचमा रहेका गायक सुरजको यस अघि अरु दुइ वटा भिडियो पनि सार्बजनिक भई सकेका छन्।

निकेश खड्काले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन्।अभिनेत्री प्रियंका कार्की र पुष्प खड्कालार्इ फिचर गरिएको भिडियोलार्इ सुबोल थापाले कोरियोग्राफी गरेका हुन्।

(भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *