पत्रकार गोकर्ण गौतमको निधन
काठमाडौं। पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर पब्लिकेशनमा आवद्ध पत्रकार गौतमको मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ बिहीबार उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा निधन भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।
‘साेमबार टाउको दुखेपछि न्यूरो अस्पताल भर्ना गरिएको थियो,’ कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले डिसी नेपालसँग भने, ‘शल्यक्रिया गर्दा आज (बिहीबार) निधन भयो।’ उनी ३१ वर्षका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment