विदेशबाट आउने सबैलाई १४ दिन अनिवार्य क्वारेन्टिन राखिने
काठमाडौँ । विदेशबाट नेपाल आउने सबै व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने भएको छ।
स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
उनले भने, “क्वारेन्टिन बसाइको क्रममा लक्षण वा चिन्ह देखिएमा मात्र परीक्षण गरिनेछ ।”
अहिले संक्रमणको जोखिम अझै बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment