निर्मलाको हत्यारालाई पक्राउ गर्न नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ : नेता रमेश लेखक

डिसी नेपाल
९ कार्तिक २०७५ १५:३५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखकले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन्।

काँग्रेस नेता रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अझै नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ३ महिना बित्दा पनि निर्मला पन्तको हत्याजस्तो जघन्य अपराध गर्नेलाई कार्वाही गर्न नसक्ने गृहमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने तर्क पनि गरे।

नेता लेखकले निर्मलाका हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न पनि सरकारको पुनः ध्यानाकर्षण गराए। उनले सरकारले प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेर निर्मला पन्तका हत्यारालाई संरक्षण दिन खोजिरहेको आरोप पनि लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *