स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार
लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौति’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रूपमा रहेको एवं विश्वव्यापी सङ्कटका रूपमा रहेको कोभिड–१९ सङ्क्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताएकाे दूतावासले जनाएको छ।
स्वास्थ तथा कूटनीतिक क्षेत्रमा कार्यरत विभिन्न देशका विज्ञहरू सहभागी रहेको उक्त कार्यक्रममा जर्मनीको बर्लिनमा रहेको प्रयोगात्मक विज्ञानका लागि युरोप विश्वविद्यालयका रेक्टर प्रा मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरुले खेल्ने भूमिका र कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभाव बारे प्रकाश पारेका थिए। साथै एङ्गलिया विश्वविद्यालयका पूर्व प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती र वैज्ञानिकहरु बीचको सहयोग तथा सहकार्य एवं विज्ञान कूटनीतिको प्रभावकारीता सम्बन्धमा विचार राख्नुभएको थियो।
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको सभापतित्व सम्पन्न कार्यक्रममा अल्वानियाका राष्ट्रपतिका राजनीतिक सल्लाहकार ह्यरिस वोङ्गलीले कोभिड सङ्क्रमणका सन्दर्भमा अल्वानियाको अनुभव र महामारीमा विकासशील देशहरुले भोग्नुपर्ने समस्याहरुको बारेमा, अल्बाबटेईन सांस्कृतिक प्रतिष्ठान कुवेतका महासचिव तथा ट्युनिसियाको परराष्ट्र मन्त्रालयका सचिव प्राध्यापक तोहामी अब्दुलीले कूटनीति र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको बारे र ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयका प्राध्यापक टिटुस ओलानीले दिगो तथा नवीकरणीय ऊर्जा विकासका विषयमा आफ्नो प्रस्तुति दिएकाे उपनियोग प्रमुख श्री रोशन खनालले जानकारी दिए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment