कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेका हुन्।
स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो सञ्चार माध्यमहरूमा आएको भन्दै मन्त्रालयले भत्ता उपलब्ध गराउने कार्य भइरहेको बताएको छ।
आज(शुक्रबार) बसेको नेपाल सरकार सचिवस्तरको बैठकले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
असोज मसान्त सम्मको जोखिम भत्ता समावेश गरी छैसठ्ठी करोड सतासी लाख पैँतालिस हजार रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ।
यस्तै कात्तिक महिनाको रकम भुक्तानीको क्रममै रहेको विज्ञप्तिमा उल्लेख छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment