भारतीय सेनामा रहेका नेपाली युवाको कश्मीर आक्रमणमा मृत्यु

डिसी नेपाल
१२ मंसिर २०७७ १८:१८
8.3k
Shares

काठमाडौं। भारतीय सेनामा रहेका एकजना नेपाली युवाको शुक्रबार जम्मू कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुले भारतीय रक्षा मन्त्रालयको हवला दिँदै भारतीय सेनाका नायक नेपाली युवा प्रेमबहादुर खत्रीको मृत्यु भएको जनाएका छन्।

समाचार अनुसार शुक्रबार बिहान जम्मू कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि आक्रमण गरेका थिए। सो घटनामा गम्भीर घाइते भएका खत्रीको अस्पतालमा निधन भएको हो। खत्रीसँगै अर्का भारतीय युवाको पनि मृत्यु भएको छ।

यता मृतक खत्री दाङका रहेको बताइएको छ। उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको जनाइएको छ। भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *