रुकुममा जन्ती बोकेको जिप दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौं। रुकुम पश्चिममा जन्ती बोकेका जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको आठविसकोट नगरपालिका–८ दाजेमा जन्ति बोकेको जिप दुर्घटना हुँदा सोही वडाका चारजनाको घटनास्थलमै मृत्यु हो।
शुक्रबार साँझ करिब ७ बजे आठविसकोट नगरपालिका–८ दाजेबाट घारीखोला फर्कन क्रममा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
उनका अनुसार रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा आठविसकोट नगरपालिका–८ का ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको हो।
उक्त दुर्घटनामा सोही ठाउँका ५८ वर्षीय लालबहादुर नेपाली घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको छ। जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment