इरानका मुख्य परमाणु वैज्ञानिकको हत्या

डिसी नेपाल
१२ मंसिर २०७७ २२:३४

तेहरान (एजेन्सी)। इरानका एकजना महत्वपूर्ण परमाणु वैज्ञानिकको हत्या भएको छ। अनुसार इरानी परमाणु कार्यक्रमका मुख्य वैज्ञानिक मोहसिन फखरीजादेहको शुक्रबार अबेर गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार इरानको राजधानी तेहरानसँगै जोडिएको शहर अबसार्डमा उनीमाथि गोली प्रहार भएको थियो। आक्रमणपछि उनलाई तत्काल स्थानीय अस्पतालमा पुर्याइएको जनाइएको छ। उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ।

इरानका विदेशमन्त्री जवाद जरीफले यो हत्या आतंकवादीले गरेको प्रतिक्रिया दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘आतंकवादीइहरुले आज इरानका एक प्रमुख वैज्ञानिकको हत्या गरेका छन्। यो हत्या कार्यरर्तापूर्ण छ। यसमा इजरायलको संलग्नता भएको गम्भीर आशंका छ।’

मोहसिनलाई इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक मानिन्थ्यो। पश्चिमा देशहरुले मोहसिनकै नेतृत्वमा इरानमा खुफिया रुपमा परमाणु कार्यक्रम भएको विश्वास गर्छन्। इरानी रक्षामन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोहसिन सवार कारमा आतंकवादीले आक्रमण गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *