ट्रम्प राष्ट्रपति नबन्ने देखेपछि २५ लाख डलर चन्दा दिने दाता फिर्ता मागे रकम

डिसी नेपाल
१५ मंसिर २०७७ २२:११
688
Shares

वाशिंगटन् (एजेन्सी)। अमेरिकी राष्ट्रपति निर्वाचनमा चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले कानूनी लडाइँ गर्ने भनेपछि चन्दा दिएका एक चन्दा दाताले आफूले दिएको रकम फिर्ता मागेका छन्। नर्थ क्लोरिनाका व्यापारी फेड्रिक एशेलम्यानले आफूले दिएको २५ लाख डलर फिर्ता मागेका हुन्।

बेलायती समाचार माध्यम द गार्डियनका अनुसार चुनावमा धाँधली भएको र त्यसविरुद्ध अदालतमा जाने भनेकाले आफूले चन्दा दिएको तर, अदालतबाट कुनै सफलता नपाउने भएपछि रकम फिर्ता मागेको उनले बताएका छन्।

नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजित भएका छन्। तर ट्रम्पले चुनावमा धाँधली भएको भन्दै त्यसलाई कानूनी चुनौति दिने बताएका थिए।

उनले कानूनी चुनौति दिने बताएपछि उनका समर्थकले चन्दा समेत दिएका थिए। तर, अदालतहरुले ट्रम्पको कानूनी चुनौतिलाई खारेज गरिरहेका छन्। अझै पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *