विश्वमा कोरोना : युरोपमा बढ्न थाले संक्रमित, विश्वभर संक्रमितको संख्या ६ करोड ४८ लाख

डिसी नेपाल
१९ मंसिर २०७७ ८:२०
56
Shares

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख नाघेको छ। ती मध्ये ४ करोड ५३ लाख भन्दा धेरै निको भएका छन् भने हालसम्म १५ लाख ११ हजार अधिकको मृत्यु भएको छ। फ्रान्स लगायत युरोपेली मुलुकहरुमा कोरोना संक्रमण र मृत्युदर बढिरहेको छ। बिहीबार मात्रै फ्रान्समा ९९३ जनाको मृत्यु भएको छ।

उता इटलीमा बिहीबार मात्रै ९९३ जनाको मृत्यको छ। सबै जसो अस्पताल भरिएका छन् भने केही अस्पताल बाहिरै संक्रमितको उपचार गरिएको छ। यसैबीच इटलीको सरकारले नियम कडा बनाउन थालेको छ।

प्रधानमन्त्री गिसेप कोन्टेले क्रिसमस र नयाँ वर्षमा मध्यरातिसम्म हुने पार्टीमाथि रोक लगाएका छन्। साथै एक सहरबाट अर्को सहरमा जाने यात्रााम पनि प्रतिबन्ध लगाइएको छ। इटलीमा महामारी सुरु भएपछि एकै दिन ९९३ को मृत्यु भएको यो नै पहिलो पटक भएको बताइएको छ। इटलीमा कामदारलाई भने आवात जावतमा रोक लगाइएको छैन।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जे बाइडेनले आफ्नो सपथपछि अमेरिकी नागरिकलाई सय दिनसम्म मास्क लगाउन अनुरोध गर्ने भएका छन्। यो विषयमा उनको टीमले रणनीति बनइरहेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.