लेनदेन विवादमा बिहेभन्दा तीन दिन अगाडि काटियो युवकको गुप्तांग
नयाँ दिल्ली (एजेन्सी)। भारतमा एक भयानक अपराधको घटना सार्वजनिक भएको छ। भारतको उत्तरप्रदेशमा एक युवकको गुप्तांग काटिएको घटना सार्वजनिक भएको हो।
भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तरप्रदेशको बागपत जिल्लाका समीर नामका युवकको गुप्तांग काटिएको हो। उनको बिहे हुनुभन्दा तीन दिन अगाडि गुप्तांग काटिएको समाचारमा जनाइएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसारको उनको स्वास्थय अवस्था गम्भीर छ। समाचार अनुसार एक साथीसँग समीरले एकला भारु लिएका थिए। सोही ऋणको विषयमा उनका साथीले गुण्डा लगायर अपहरण गरी बिहे हुनुभन्दा अगाडि गुप्तांग काटिदिएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment